काठमाडौं, मंसिर १३ । नेपालको पुरुष भलिबल टोली काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
समूहको अन्तिम खेलमा भारतसित सोझो सेटमा पराजित हुँदै नेपाल बाहिरिएको हो ।
शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा भारत २५–१५, २५–१३ र २५–१६ ले विजयी भयो । यसअघि, नेपाल बंगलादेशसित पनि पराजित भएको थियो ।
दुवै खेल हारेपछि १३औं सागबाट बाहिरिने पुरुष भलिबल टोली नेपालको पहिलो टोली बनेको छ ।
बंगलादेशलाईसमेत हराएको भारत ६ अंकसहित समूह विजेता र नेपाललाई हराएको बंगलादेश २ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले बंगलादेशबाट एक अंकमात्र छिनेको थियो ।





प्रतिक्रिया दिनुहोस्