Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


जसपा ठाकुर-महतो पक्षको कार्यकारिणी बैठक बस्दै


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले कार्यकारिणी समिति बैठक बोलाएको छ ।

महन्थ पक्षले पार्टी कार्यालय बबरमहलमा आज अपराह्न ५ बजेका लागि बैठक बोलाएको जसपा ठाकुर पक्षका नेताहरुले बताएका छन् ।

पार्टीभित्रको विवादबारे निर्णय गर्न निर्वाचन आयोगले सबै कार्यकारिणी सदस्यलाई उपस्थित हुन भनेसँगै सो पक्षको बैठक बस्न लागेको हो।

निर्वाचन आयोगले दुबै पक्षका कार्यकारिणी सदस्यलाई भोलि बिहान ११ बजे नागरिकतासहित निर्वाचन आयोगमा उपस्तिथ हुन निर्देशन दिएको छ ।

कुल ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले आफूसँग ३२ जना कार्यकारिणी सदस्य भएको बताउँदै आएको छ ।

पार्टीको आधिकारिकता यादव/भट्टराई पक्षमा जाने देखेपछि ठाकुर पक्ष निर्वाचन आयोगको कदम रोक्न माग गर्दै सर्वोच्चमा गएको छ । सो विषयमा छलफल गर्नका लागि यादव पक्षीय कार्यकारिणी बैठक हिजो बसेको थियो ।