टोकियो ओलम्पिकको पदक तालिकामा भारतले खाता खोल्यो « Image Khabar


टोकियो ओलम्पिकको पदक तालिकामा भारतले खाता खोल्यो


Border circle
Imagekhabar

काठमाडौं । जापानको टोकियोमा जारी ओलम्पिक–२०२० मा भारतले पनि पदक तालिकामा खाता खोलेको छ ।

मीराबाई चानुले भारोत्तोलनको ४९ किलोतर्फको स्पर्धामा भारतका लागि रजत पदक जित्दै पदक तालिकामा खाता खोलेकी हुन् । रजत जित्ने क्रममा चानुले २०२ किलोग्राम तौल उठाएर भारतलाई पहिलो पदक दिएकी हुन् । स्वर्ण जितेकी चिनियाँ विजो जुहईले २१० किलोग्राम तौल उचालिन् ।

ओलम्पिकमा भारोत्तोलनबाट भारतले पहिलो पटक रजत पदक जित्न सफल भएको हो । यो स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले काँस्य पदक जितेकी छन् ।

यसैबीच २ स्वर्ण र १ काँस्य पदकसहित चीन तालिकाको शीर्ष स्थानमा छ । इरान र दक्षिण कोरियाले पनि एक एक वटा स्वर्ण पदक जितेका छन् । भारतले एउटा रजत र एउटा काँस्य पदक जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्