२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


बाढी पहिरोबाट ८३ घर भत्किए


0
Shares

म्याग्दी । यस बर्ष बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । मनसुन सुरु भएलगत्तै जिल्लामा बढी पहिरोले क्षति पु¥याउन थालेको हो ।

थप १२ घरमा आंशिक क्षति, १ सय ४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगङ्गाको बेग, बेनीको सिंगा तातोपानी, मङ्गलाको अर्मन, मालिकाको रुम र धौलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गत वर्ष पनि जिल्लामा पहिरोले २ सय ४७ वटा घरमा क्षति पु¥याएको थियो ।