इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु « Image Khabar


इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु


Border circle
Imagekhabar

एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ ।

घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन् ।

इक्वेडरको गुआस प्रान्तमा रहेको एक कारागारमा कैदी बन्दीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो । यसैगरी कोटोपाक्सीमा रहेको अर्को कारागारमा भएको झडपमा करिब २० जना घाइते भएका छन् ।

इक्वेडरमा यसअघि गत फेब्रुअरीमा कारागारमा भएको हिंसात्मक दंगमा ७९ जना कैदीको मृत्यु भएको थियो । इक्वेडरका कारागारहरुमा क्षमताभन्दा बढी कैदीहरू रहेका कारण बेला बेलामा यस्ता घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्