
स्याङ्जा, साउन ८ । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ ।
जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो ।
जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गरिएको थियो भन्ने अब अन्य जिल्लामा पनि लागू हुनेगरी निजी र सरकारी तथा सार्वजनिक सवारी साधनमा सञ्चालन गर्न पाइने भएको छ ।
तर सार्वजनिक सवारी साधनले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्नुपर्ने छ ।
बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ देखि साझँ ७ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।
अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।
स्याङजामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो ।
कोरोनाको दोस्रो लहरसँगै जिल्लामा हालसम्म एक सय ११७ ज्यान गुमाएका छन् भने ४ हजार ६ सय ६५ जना संक्रमित मध्ये हाल ५ सय ७२ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्