२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


टेकु अस्पतालमा खोप प्रमाणपत्र लिनेहरुको भीड


0
Shares

काठमाडौं, साउन ८ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ ।

विदेश जानेहरुलाई सम्बन्धित देशले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र माग्ने गरेपछि खोप लगाएको प्रमाणपत्र लिन टेकुमा भीड बढेको हो ।

सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पताल अस्तव्यस्त देखिएको छ भने संक्रमणको जोखिम पनि बढेको छ । देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आएका युवाहरु तिनदिन अघिदेखि लाइन बस्दा पनि आजसम्म प्रमाणपत्र लिने पालो नआएको बताउँछन् ।

विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उनीहरुको गुनासो छ । खोपको लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने जनाइएको छ । ३ दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनका लागि ध्यान दिनुपर्ने बताएका छन् ।

खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरै दिनदेखि प्रतिक्षा गर्नु पर्दा खान, बस्नको समेत समस्या भइसकेको युवाहरुले बताएका छन् ।