काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ अन्तर्गतको पुरुष भलिबल खेलमा आज नेपालले भातरसँग खेल्दैछ ।
सेमिफाइनलमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । समुहमा एक खेल खेलेको भारत ३ अंकसहित सेमिफाइनलमा पुगिसकेको छ ।
समान खेलबाट २ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ भने १ अंकका साथ नेपाल तेस्रो स्थानमा रहेको छ ।
आजको खेल जितेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्दै पदकको सम्भावना बलियो पार्नेछ ।
तर आज पराजित भएको अवस्थामा भने पुरुषतर्फ भलिबलबाट नेपालको सम्भावना सकिनेछ । समूहको पहिलो खेलमा बंगलदेशसँग ३–२ को सेटमा हारेको नेपाललाई भारतविरुद्ध आज हुने खेल निकै चुनौतीपूर्ण रहनेछ ।
उता भारतले भने समूहको आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।





प्रतिक्रिया दिनुहोस्