Logo १० कार्तिक २०८२, सोमबार | Tue Oct 28 2025


नगरपालिकाले खोलालाई नै डम्पिङ साइड बनाएपछि !


0
Shares

 – उपेन्द्र खनाल/ईमेज

तनहुँ । दमौली बजार क्षेत्रको फोहोर व्यवस्थापनमा गम्भीर लापरबाही भएको देखिएको छ । बजार क्षेत्रबाट निस्किने फोहोरजन्य वस्तु जभाभावी रुपमा मादी नदीको किनारमा फालिएकाले समस्या उत्पन्न भएको हो ।

तनहुँको दमौली बजारबाट निस्कने फाहोरको राम्रोसँग व्यवस्थापन हुन नसक्दा दिनप्रतिदिन मादी नदी प्रदुषित बन्दै गएको छ ।

दैनिक एघार टन फोहोरजन्य वस्तु नगरपालिकाले टयाक्टर र टिपरको सहायताले मादी नदी किनारामा लगेर थुपार्ने गरेको छ ।

नदी किनारामा जथाभावी फोहोर थुपारिदा वतावरणीय असर पर्नुका साथै पर्यटनमा समेत असर पर्ने भएकाले तत्कालै अन्यत्र विकल्प खोज्नुपर्ने स्थानीयको आग्रह छ ।

नदीमा जथाभावी रुपमा फोहोर फाल्दा एकातिर जनस्वास्थ्यमा खेलवाड भएको छ भने अर्कोतिर नदीको सौन्दर्यता बिग्रिएको छ ।

पछिल्लो समय व्यास नगरपालिकाले मादी नदीको किनारामा अस्थायी डम्पिङ साइड बनाएर फोहोर व्यवस्थापन गरे पनि दीर्घकालीन समाधान भने गर्न सकेको छैन ।

टेकनथुम्कीमा ल्याण्डफिल साइडको लागि तारबार लगाउने काम छिट्टै गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको भनाइ छ ।

अहिले तत्कालका लागि मादी नदी किनारामा फोहोर व्यवस्थापन गर्दै आइरहेको भए पनि ल्यान्डफिल साइडको निर्माण प्रकृया अघि बढेकाले दीर्घकालीन समाधान हुने नगरपालिकाका वातावरण शाखा प्रमुख विमल गिरी बताउँछन् ।

धार्मिक आस्थाको आधारमा नदीमा आउने भक्तजनहरुले भने फोहोर देख्दा दिक्दार बन्ने गरेका छन् । फोहोर व्यवस्थापनका नाउँमा झन् दुर्गन्ध फैलिएकोप्रति सरोकारवाला पक्षको पनि ध्यान जान जरुरी छ ।