निषेधाज्ञामा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न माग • Image Khabar Image Khabar


निषेधाज्ञामा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न माग


Imagekhabar
५ श्रावण २०७८, मंगलवार १८:३५

निषेधाज्ञामा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न माग

काठमाडौं, साउन ५ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगत नागरिक उड्डयन डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्डयन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै यस्तो बताएको हो । निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकता भन्दा बढी भाडा लिई नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगिमा संलग्नको पहिचान गरी कारबाही गर्न अनुरोध समेत गरिएको छ ।

नेपाल वायु सेवा निगमसँग चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्याको सम्बन्धमा पनि छलफल भएको छ । साथै आन्दोलनरत कर्मचारीले किन आन्दोलन गरिरहनुपरेको छ भन्ने विषयमा पनि समिति सदस्यहरुले जानकारी लिएका छन् ।

छलफलका क्रममा नेपाल नागरिक उड्ययन प्राधिकरण महानिर्देशक राजन पोखरेलले चार्टड उडानमा स्वभाविक रुपमा भाडा बढी हुने भएपनि अनियमितता भने नभएको बताउनुभयो । एयरलाइन्स्को पक्षबाट कुनैपनि अनियमितता नभएको उहाँको तर्क छ ।

छलफलमा नेपाल नागरिक उड्ययन प्राधिकरण महानिर्देशक राजन पोखरेल, नेपाल वायु सेवा निगमको प्रवन्ध निर्देशकसहित पाँच जना समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्