२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


सागका स्वयंसेवकलाई शारीरिक तालीम


0
Shares

कास्की, मंसिर ११ । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोेगिता (साग) का लागि दुई सय ३० स्वयंसेवकलाई शारीरिक तालीम दिइएको छ ।

खेल अवधिभर पोखराको साग खेलकूदमा पहिलो चरणमा एक सय ८० स्वयंसेवक परिचालन गर्न लागिएको प्रशिक्षक दीपक गोदारले जानकारी दिए ।

तालीमपछि योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ ।

स्वयंसेवा गर्न इच्छुक सबैलाई नै तालीम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ ।

“हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारीरिक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसँग कसरी समन्वय गराउने भन्ने विषयमा सुसूचित गराउँदै तालिम दिएका छौँ ।” गोदारले भने ।

सागअन्तर्गत पोखरामा आठ खेलका लागि आठ सय ४० खेलाडी र अफिसियल पोखरा आउँदैछन् । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताए ।

१३ औँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० सम्पर्क अधिकारी (लियाजन) समेत खटाइने छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो ।

विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई उनीहरुको काम, कर्तव्य र अधिकारबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटीका संयोजक जगन गुरुङले बताए । रासस