मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी « Image Khabar


मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी


Imagekhabar
५ श्रावण २०७८, मंगलवार ०७:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकेर व्यवस्थापन समितिमा छलफल पनि सकेको छ ।

साउन ५ गते अर्थात आज मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक थियो । तर सरकार परिवर्तनले गर्दा मौद्रिक नीति एक दुई दिन पछाडि धकेलिन पुगेको हो । मौद्रिक नीतिमा ढिलाई गर्दा बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्नसमेत अन्यौल हुने भएकोले राष्ट्र बैंक मौद्रिक नीतिमा धेरै ढिलाइ गर्ने पक्षमा देखिँदैन ।

तर मौद्रिक नीति सार्वजनिक गर्ने मितिको मुखैमा सरकार परिवर्तन हुँदा नयाँ अर्थमन्त्रीले यसमा चासो देखाएपछि केही ढिलाइ भएको बुझिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकिसकेको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको मस्यौदा तयार गरेर व्यवस्थापन समितिमा अघिल्लो साता नैं बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्