Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


कपिलवस्तुमा चुनाव प्रचार प्रसार तीव्र


0
Shares

कपिलवस्तु । मंसिर १४ गते हुने उप निर्वाचनअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं १० मा पनि चुनावी प्रचारबाजी अन्तिम चरणमा पुगेको छ ।

वडा अध्यक्षको पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु प्रचार प्रसारमा जोडतोडले लागिपरेका छन् ।

निर्वाचनको मौन अवधि सुरु हुन लाग्दा उम्मेदवारहरुले आफ्नो प्रचारलाई तीब्रता दिएका हुन् । उम्मेदवारहरु भोट माग्दै वडा बासीको घर घरमा पुगेका छन् ।

अक्सर अन्य समयमा नदेखिने दलका जिल्ला स्तरका नेताहरु पनि अहिले आफ्नो पक्षका उम्मेदवारको लागि भोट माग्दै वडा नंं १० मा देखिएका छन् ।

वडामा रहेका विभिन्न समस्याहरु आफुले चुनाव जितेपछि समाधान गरिने आस्वासन बाँड्दै उम्मेदवारले भोट मागि रहेको स्थानीयले जनाएका छन् ।

वडा नं. १० मा नेकपाका अदालत मनिहार, नेपाली काँग्रेसका देवराज भारती, समाजवादी पार्टी नेपालका तीर्थबहादुर रायमाझी (भाटे) र राजपाका मन्जु मिश्र चुनावी प्रचारमा छन् । जसमा नेकपा र राजपाबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

उम्मेदवारहरुले सडक निर्माण, विद्यालय निर्माण, खानेपानीको समस्यालाई मुख्य नारा बनाएका छन् ।