काठमाण्डौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन आगामी आइतबार हुने भए पनि भलिबलका खेलहरु आजदेखि सुरु हुँदैछन् ।
उद्घाटन खेलमा नेपाली महिला टोलीले दिउँसो ३ बजे बंगलादेशसँग खेल्नेछ । तालिका अनुसार साँझ ५ बजे माल्दिभ्स र पाकिस्तान खेल्नेछन् ।
हालै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनको उपाधि जितेको नेपाली महिला टोलीलाई स्वर्णपदकको दावेदार पनि मानिएको छ ।
यता पुरुष भलिबल टिमले बेलुकी ७ बजे बंगलादेशसँग खेल्नेछ । पुरुष खेल बुधबार एउटा मात्र हुनेछ । महिला तथा पुरुष दुवै विधाका खेलहरु दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछन् ।
सागको भलिबलमा पुरुष र महिलातर्फ समान ६ टिम रहेका छन् । समूह ए मा नेपाल, बंगलादेश र भारत तथा समूह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्