संखुवासभा । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा राजनैतिक दलले चुनावी प्रचार प्रसार तीव्र बनाएका छन् ।
निर्वाचनको शुन्य समय नजिकिए सँगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोण सभालाई तीव्र बनाएका हुन् ।
संखुवासभामा मकालु गाउँपालिका अध्यक्ष र खाँदवारी नगरपालिका ३ को वडा अध्यक्षको उपनिर्वाचन हुन लागेको हो ।
जति निर्वाचनको समय नजिकिएको छ, त्यतिनै दलले प्रचार प्रसारलाई तीब्र बनाएका छन् । उनिहरु घर घर र काम गरिरहेको खेत बारीमा समेत पुगेर भोट माग्न व्यस्त छन् ।
उपनिर्वाचनमा ठुला दल नेकपा र नेपाली काँग्रेस मात्र नभई साना दलले पनि त्यतिकै चुनावी प्रचार प्रसार तीव्र बनाएका छन् ।
मकालु गाउँपालिकाको अध्यक्षको दुर्घटनामा मृत्यु भएपछि अध्यक्षको अभाव खड्किएको र अध्यक्षका लागी आफूहरु भोट दिन आतुर रहेको स्थानीय मतदाता बताउँछन् ।
अहिले दलका उमेदवार लगायत नेता कार्यकर्ताले मतदातामाझ दुख सुखमा साथ दिने र विकास निर्माण लगायत बेरोजगार समस्याको समधान गर्ने बाचा गर्ने गरेका छन् ।
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदमा सातवटा दलले उम्मेद्धवारी दर्ता गराएका छन् भने खाँदवारी नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा दुई दल नेकपा र काँग्रेसले उमेद्धवारी दर्ता गराएका छन् ।
दुई वटै स्थानीय तहमा सतारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफनो जित सुनिश्चित रहेको दावी गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्