प्रधानमन्त्री देउवालाई बल्ल दिए भारतीय प्रधानमन्त्री मोदीले बधाई « Image Khabar


प्रधानमन्त्री देउवालाई बल्ल दिए भारतीय प्रधानमन्त्री मोदीले बधाई


३ श्रावण २०७८, आईतवार २२:५१


काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनभएको छ ।

प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको हो ।

मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि विश्वास व्यक्त गर्नुभएको छ ।

यसअघि, प्रधानमन्त्री नियुक्त भएपछि देउवालाई भेटेर बधाई दिन भारतीय राजदूत विनयमोहन क्वात्रा उहाँकै निवास पुग्नुभएको थियो । मोदीले भने अहिलेसम्म बधाई दिनुभएको थिएन ।