Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


खनालले दिल्लीबाट भने, ‘शेरबहादुर देउवालाई विश्वासको मत दिनुस्’


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गर्नुभएको छ ।

भारतको नयाँदिल्लीमा उपचारर गराइरहनुभएका खनालले आज विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवलाई नै रहेको उल्लेख गर्नुभएको छ ।

‘‘ म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’

खनाल उपचारका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना हुनुुभएको छ ।