Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


‘साग’ भलिबल भोलिदेखि


0
Shares

काठमाडौं, मंसिर १० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन मंसिर १५ गते आइतबार हुने भएपनि भलिबलका खेलहरु बुधबारदेखि सुरु हुँदैछन् ।

उद्घाटन खेलमा नेपाली महिला टोलीले दिउँसो ३ बजे बंगलादेशसित खेल्नेछ ।

तालिकाअनुसार बुधबारै साँझ ५ बजे माल्दिभ्स र पाकिस्तान खेल्नेछन् ।

हालै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनको उपाधि जितेको नेपाली महिला टोलीलाई स्वर्णपदकको दाबेदार पनि मानिएको छ ।

नेपाली पुरुष टोलीको भिडन्त

बुधबारै नेपाली पुरुष भलिबल टोलीले बेलुकी ७ बजे बंगलादेशसित खेल्नेछ । पुरुष खेल बुधबार एउटामात्र हुनेछ ।

महिला तथा पुरुष दुवै विधाका खेलहरु दशरथ रंगशालास्थित कभर्डहलमा हुनेछन् ।

सागको भलिबलमा पुरुष र महिलातर्फ समान ६ टोली रहेका छन् ।  समूह चरणमा पुरुष  र महिला दुवैमा एकै राष्ट्रहरु रहेका छन् ।

समूह ‘ए’मा नेपाल, बंगलादेश र भारत तथा समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।