Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सागको टर्च र्‍याली सुर्खेत पुग्यो


0
Shares

सुर्खेत । १३ औं दक्षिण एसियाली खेलकुद सागको ओलम्पिक टर्च र्‍याली आज सुर्खेत पुगेको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा देशभर चलिरहेको ओलम्पिक टर्च र्‍याली आज कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको हो ।

सुर्खेतको विरेन्द्रनगरस्थित बिरेन्द्र चोकबाट सुरु भएको ¥यालीले शहरको मुख्य भाग परिक्रमा गरी मंगलगढीमा पुगेर कोण सभा गरेको थियो ।

हिजो प्रदेश ५ को बुटवलबाट सुर्खेत पुगेको ¥याली आज सुदुरपश्चिम प्रदेशको राजधानी शहर धनगढी पुग्दैछ । धनगढीबाट ओलम्पिक टर्चलाई सागको सह–आयेजक शहर पोखरा पु्र्‍याईनेछ ।

पोखराबाट मंसिर १५ गते सागको उद्घाटन समारोह स्थल दशरथ रंगशालामा ल्याइनेछ ।

देशव्यापी ओलम्पिक टर्च र्‍यालीमा बैकुण्ठ मानन्धर, जितबहादुर केसी, दिपक विष्ट, राजेन्द्र भण्डारी, नयना शाक्य, दिपक श्रेष्ठ लगायतका  १३ जना कीर्तिमानी खेलाडी तथा ओलम्पियन सहभागी छन् ।