१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


हस्तकला व्यापार मेलाको तयारी पूरा


0
Shares

काठमाडौं, मंसिर ९ । १७औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्रका छाता संगठनलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १२ देखि १६ गतेसम्म भृकुटीमन्डपमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।

महासंघले सोमबार पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जनाएको हो ।

नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष यस्तो मेला गरिँदै आएको मेलाका संयोजक महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

मेलामा ८ ‘प्याभिलियन’सहितका २०० कक्ष रहनेछन् । मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकलाका सामग्री प्रदर्शनमा राखिनेछ ।

मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायत  विभिन्न मुलुकका २० भन्दा बढी स्टल रहने जनाइएको छ ।

नेपालको हस्तकला हाल विश्वका अधिकांश मुलुकमा निर्यात हुँदै आएको छ ।

हाल नेपालमा २० अर्ब रुपैयाँ बराबरको नेपाली हस्तकलाका उत्पादनको कारोबार हुँदै आएको छ ।

१० अर्ब बराबर आन्तरिक बजारमा खपत हुने गरेको र १० अर्ब बराबरै निर्यात हुँदै आएको तथ्यांक छ ।