
काठमाडौं, मंसिर ९ । किसान पाइप प्रडक्ट्सले आफ्नो नयाँ उत्पादन ‘डुरास्ट्रिम सीपीभीसी’ पाइप बजारमा ल्याएको छ ।
जापानको लोकप्रिय दाबी गरिएको सिक्विसी कम्पनीको सीपीभीसी उत्पादन डुरास्ट्रिम नेपाली साझेदारीका रुपमा किसान पाइपले उत्पादन सुरु गरेको हो ।
कम्पनीले राजधानीमा एक कार्यक्रम गरी नयाँ उत्पादन सार्वजनिक गरेको हो ।
जापानी कम्पनीबाटै कच्चापदार्थ आयात गरी जापानी प्रविधि र गुणस्तरको मापदन्डलाई अक्षरसः पालना गर्दै उत्पादित यी पाइप नेपाली उपभोक्ताले रुचाउने कम्पनीको दाबी छ ।
कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले कम्पनीका यसअघिका सबै उत्पादनहरुले नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको र सीपीभीसीले पनि निकट भविष्यमै ‘एनएस’ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्