
काठमाडौं, मंसिर ९ । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार भने स्थीर रहेर थामियो ।
उतार–चढावबीच बजार परिसूचक ११ सय १० मा स्थीर रहेको हो ।
सुरुआती समयदेखि ओरालो लाग्दै नेप्से मध्याह्नपछि उसैगरी उकालो लाग्दै अन्तिममा स्थीर रहेर थामिएको हो ।
यसदिन आधा समूह हरियो रहे भने आधा रातो रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीका १० लाख ७८ हजार कित्ता सेयर २९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्