
काठमाडौं, जेठ ३१ । साताको अन्तिम दिन बिहीबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आयो ।
उतार–चढावबीच यसदिन नेप्से ५ अंकले सुधारिएर १२ सय ४७ विन्दुमा पुग्यो ।
यसदिन बिमा समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से धनात्मक रहेको हो । उत्पादनमूलक समूह सबैभन्दा उच्च ४८ अंकले बढ्यो ।
यस्तै, जलविद्युत् समूह २८ अंकले, होटल समूह १९ अंकले, लघुवित्त समूह १३ अंकले सुधारियो भने वाणिज्य बैंक समूहमा पनि करिब ३ अंकको सुधार आयो । बिमा समूह भने साढे ५ अंकले ऋणात्मक रह्यो ।
यसदिन १६५ कम्पनीका ९ लाख १२ हजार कित्ता सेयर ३१ करोड ८२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्