१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


उद्योग दिवस – उद्योगको संख्या तीन लाख, छ लाखलाई रोजगारी


0
Shares

काठमाडौं । उद्योग र पूर्वाधार, समृद्धिको आधार भन्ने नाराका साथ आज सरकारले पाँचौं उद्योग दिवस मनाउँदै छ ।

१९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै २०७२ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

२०७१ साल चैत २० गते मन्त्रिपरिषद बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

उद्योग विभागको तथ्याक अनुसार आर्थिक वर्ष ०७५/७६ सम्म ठूला, मझौला र साना गरेर विभागमा ८ हजार ९५ वटा उद्योगहरु दर्ता भएका छन् ।

यी उद्योगहरुमा २० खर्ब ३७ अर्ब हाराहारी कुल पूँजी परिचालन भएको विभागको तथ्यांकले देखाउँछ । यी उद्योगहरुले सवा ६ लाख मानिसलाई रोजगारी प्रदान गरेको उद्योग विभागले जनाएको छ ।

यो विवरणमा लघु, घरेलु तथा साना उद्योगको तथ्यांक भने पर्दैन । यी सबै गरेर नेपालमा कुल उद्योग संख्या भने ३ लाख ८७ हजारभन्दा धेरै रहेको विभागले जनाएको छ ।