
धादिङ, साउन १३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ घाटबेंसीमा आइतबार यात्रुवाहक हाइस र स्कारपियो कार एकापसमा ठोक्किंदा ११ जना यात्रु घाइते भएका छन् ।
बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ज ३००९ नम्बरको हाइस र बा६च ३९९१ नम्बरको स्कारपियो कार सडकमा एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा घाइतेमध्ये ५ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र ६ जनाको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ । (रासस)
प्रतिक्रिया दिनुहोस्