काठमाडौं । सहुलियतपुर्ण कर्जा प्रवाह न्युन देखिएको छ । नेपाल राष्ट्र बैंकले एक वर्ष अघि सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धि व्यवस्था गरेको थियो ।
सोही अनुसार सहुलियत कर्जा प्रवाह सुरु गरेको थियो । यस अन्तर्गत महिला उद्यमशिलता कर्जा, दलित समुदाय विकास कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा, कृषी तथा पशुपक्षीकर्जा, वैदेशिक रोजगारीबाट फर्केकाहरुको लागी कर्जा रहेका छन् ।
तर कृषी तथा पशुपंक्षीमा बाहेक अन्य कर्जा प्रवाह अत्यन्तै न्युन रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट असोज मसान्त सम्ममा ४४ अर्ब ५६ करोड कर्जा प्रवाह भएकोमा कृषी तथा पशुपक्षिं कर्जा १८ हजार ८ सय ५ जनाले ४३ अर्ब ३६ करोड रकम बराबरको ऋण प्राप्त गरेका छन् ।
सोही अवधिमा महिला उद्यमशिलता कर्जा १३ सय ९५ जनाले १ अर्ब १ हजार पाएका छन् भने १ सय ७५ जनाले भुकम्प पीडितहरुको निजी आवास कर्जा ३ करोड ७३ लाख मात्रै लिएका छन् ।
विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ८० जनाले ६ करोड १४ लाख लिएका छन् ।
उच्च र प्राविधिक तथा व्यवसायी शिक्षा कर्जा अन्तर्गत १९ लाख ऋण प्रवाह भएको छ भने सबैभन्दा कम शिक्षित युवा स्वरोजगार कर्जा २ करोड १७ लाख मात्रै प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
असोज मसान्त सम्म कुल बक्यौता रकम ३९ अर्ब ३० करोड रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
ऋण प्रवाहलाई अझै सुदृढ बनाउनको लागी बैंकले काम गरिरहेको निरौलाको भनाई छ ।
बैंकहरुले विश्वास नगरेका कारण पनि आवश्यक मात्रामा रकम परिचालन हुन नसेकेको राष्ट्र बैंकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्