
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन (आठौं संशोधन) नियमावलीमा पुनः संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलका कार्यक्रम सार्वजनिक गरेको हो ।
म्याद थप र क्रेडिट लाईन लगायतमा व्यवस्थामा संशोधन हुनुपर्ने महासंघको माग छ ।
महासंघका अध्यक्ष रवि सिंहले क्रेडिट लाईनका कारण निर्माण व्यवसायीहरु प्रतिपर्धी हुन नसकेको बताए ।
महासंघले २५ बुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पहिलो चरणमा प्रधानमन्त्री निवास बालुवाटारममा धर्ना देखि कालोपट्टी बानेर काम गर्ने कार्यक्रम महासंघले तय गरेको छ ।
माग पूरा नभए दोश्रो चरणमा वर्ग अनुसार इजाजतपत्र बुझाउँदै जाने, हेभी ईक्युप्मेन्ट सहित सडकमा प्रदर्शन गर्ने, बोलपत्र बहिष्कार गर्ने अनि निर्माण कार्यसमेत ठप्प पार्ने महासंघको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस्