काठमाडौं । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले नेपालको संवैधानिक व्यवस्था उत्कृष्ट रहेपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित दलित आन्दोलनका अगुवाहरुको भेलालाई सम्वोधन गर्दै उनले संवैधानिक व्यवस्थाको विरोध नभइ यसको कार्यान्वयनको सम्बन्धमा राज्यलाई दबाब दिनुपर्ने बताए ।
मन्त्री जमरकट्टेलले समानुपातिक, समावेशी आर्थिक र सामाजिक पक्षको पूर्ण कार्यान्वयन नभएसम्म लोकतन्त्र सबल नहुने धारणा राखे ।
कार्यक्रममा दलित आन्दोलनका अगुवाहरुले व्यवस्था बदलिए पनि जातिय छुवाछुत कायमै रहेको भन्दै गुनासो व्यक्त गरे ।




प्रतिक्रिया दिनुहोस्