
काठमाडौं, असार २८ । आइतबार उल्लेख्य दरले उछाल आएको शेयर बजारमा सोमबार उसैगरी गिरावट आयो ।
बजार परिसूचक नेप्से ४५ अंकले ओरालो लागेर २८ सय ५४ मा आएर थामियो ।
कारोबारमा भने सुधार आएर १० अर्ब हाराहारी पुग्यो । यस दिन सामुहिक लगानी कोष नगन्य अंकले मात्र हरियो रहे बाहेक अरु सबै समूह राताम्मे रहे ।
बीमा समूहमा अढाई सय अंक हाराहारीको गिरावट आयो । उत्पादनमूलक र होटल तथा पर्यटन समूह पनि सय अंक बढीले ओरालो लागे ।
अरु समूह पनि दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको २ करोड ६० लाख कित्ता शेयर ९ अर्ब ९८ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्