२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला


0
Shares

झापा । झापाको बिर्तामोडमा आज बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।

बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरमा २५ वर्षीय युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।