Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


म्यान्चेस्टर सिटीद्धारा चेल्सी पराजित, लिरभपुल र टोटनह्याम पनि विजयी


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराती लिभरपुल, म्यान्चेस्टर सिटी, टोटनह्याम हट्सपर र लेष्टर सिटी विजयी भएका छन् ।

शिर्ष स्थानको लिभरपुलले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । लिरभपुलका लागि सादियो माने र रोबर्टो फर्मीनोले एक-एक गोल गरे ।

क्रिष्टल प्यालेसका विल्फ्रेड जाहाले एक गोल फर्काए । प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई २–१ ले हरायो ।

आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र रियाद माहारेजले एक-एक गोल गरे ।

चेल्सीको एन्गोलो कान्तेले पहिलो गोल गरेका थिए । गएराति भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई ३–१ ले हराउँदा लेष्टर सिटीले ब्राइटनमाथि २–० को जित निकाल्यो ।

आर्सनलले साउथह्याम्प्टनसँग २–२ गोलको बराबरी खेल्दा एभर्टनलाई नरिच सिटीले २–० ले तथा बर्न्लेले वाट्फोर्डलाई ३–० ले पराजित गरे ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १३ खेलबाट ३७ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ ।

दोस्रो स्थानको लेष्टर सिटीको २९ अंक छ भने २८ अंकका साथ म्यान्चेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानको चेल्सीको २६ अंक रहेको छ । एजेन्सी