३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


डडेल्धुरामा घुम्ती व्यापारबाट मनग्य आम्दानी


0
Shares

टेकराज अवस्थी (इमेज)

डडेल्धुरा, मंसिर ७ । डडेल्धुरामा घुम्ती व्यापार गर्ने खुद्रा व्यापारीहरुले राम्रो आम्दानी गर्न थालेका छन् ।

जुम्ला, मुगु र कालीकोटबाट डडेल्धुरा आएका यस्ता घुम्ती व्यापारीहरुले मौसमअनुसारका लत्ताकपडा र गलैंचा बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका हुन् ।

वैशाखदेखि असोजसम्म कपडा बिक्री गरेर तीन लाख रुपैयाँसम्म आम्दानी गरेको जुम्लाका जीवराज मल्ल बताउँछन् ।

गाउँगाउँमा पसलहरु खुले पनि वर्षौंदेखि घुम्ती व्यापार गर्दै आएका व्यापारीहरुले भने काठमाडौंबाट ल्याएर कपडा बेच्न छाडेका छैनन् ।

सुदूरपश्चिम प्रदेशको भौगोलिक विकटतालाई पनि दैनिकीसँग जोडिरहेका यस्ता घुम्ती व्यापारीहरुमा युवाहरु बढी छन् ।

रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै देशमा परिश्रम गरे जीविकोपार्जनका लागि समस्या नहुने उनीहरुको भनाइ छ ।