Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


चैनपुरमा प्रदेश–१ स्तरीय लाखेनाच प्रतियोगिता


0
Shares

संखुवासभा, मंसिर ७ । संखुवासभाको चैनपुरमा प्रदेश नम्बर–१ स्तरीय लाखेनाच प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

‘कला-संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ सुरु भएको लाखेनाच प्रतियोगितामा ७ जिल्लाका १३ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सुरु हुनुभन्दाअघि नेवारी संस्कृति झल्कने झाँकीसहितको र्‍यालीले चैनपुरबजारका विभिन्न भागको परिक्रमा गरेको थियो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी चैनपुर समाज सेवा युवा क्लब र नेवा देयाःदवु चैनपुर नगरसमितिले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।