Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


आकस्मिक पत्रकार सम्मेलन गर्दै विपक्षी विद्यार्थी मोर्चा


0
Shares

काठमाडौ‌ । प्रतिगमन बिरोधी पाँच विद्यार्थीहरुको मोर्चाले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन असार २८ गते आइतार दिउँसो १ बजे काठमाडौंको बानेश्वर स्थित होटल अर्यालमा राखिएको छ ।

पेट्रोलियम पदार्थमा पटक पटक गरि जनताको ढाड सेक्नेगरि गरिएको व्यापक मुल्यवृद्धि फिर्ता लिन सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज सकिनै लाग्दा पत्रकार सम्मेलन राखिएको हो ।

पत्रकार सम्मेलन मार्फत वलि सरकारलाई घुँडा टेकाउने गरि निकै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने अखिल९करान्तिकारी०का प्रवक्ता जीपी मैनालीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन मार्फत प्रतिगमनविरुद्ध जारी आन्दोलका आगामी रणनितीका बारे तथा नेपाल वायुसेवा निगमको निजिकरण गरेर सरकारी ध्वजाबाहक कम्पनी डुवाउने गरि ओली सरकारले चालेको पछिल्लो कदम बिरुद्ध समेत विद्यार्थी संगठनहरुले संयुक्त धारणा र कार्यक्रम सार्वजनिक गर्ने मैनालीले बताउनुभयो ।