Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


कोरोनाको तेस्रो लहरको पूर्व तयारी गर्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन


0
Shares

काठमाडौं । स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको तेस्रो वेवको गम्भीरता पुर्वक पुर्वतयारीमा रहन निर्देशन दिनुभएको छ ।

वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो ।

सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।

अस्पतालले हाल सय वेडको आइसियु सञ्चालन गरिरहेको छ । बाकी सय वेड आइसियु सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिनुभएको छ ।

मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गर्नुभयो ।

उहाले भन्नुभयो, ‘अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पुरा गर्नुस । कोभिड अस्पतालको रुपमा रहेको यो अस्पताललाई पुर्ण रुपमा सञ्चालन गर्नुस ।’

सरकारले देखिनेगरी सबै पुर्वाधार तयारी गरिसकेको छ । अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।

मन्त्री श्रेष्ठले अब सबै बिरामीको निशुल्क उपचार गर्नेगरी पुर्ण क्षमतामा अस्पताल गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले २०७४ मा शिलान्यास गर्नुभएको सो अस्पताल आज उद्घाटन गर्नुभएको छ ।