युरोकपको उपाधिको लागि इटाली र इंग्ल्याण्ड भिड्ने « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


युरोकपको उपाधिको लागि इटाली र इंग्ल्याण्ड भिड्ने


0
Shares

एजेन्सी । युरोकप फुटबलको उपाधीका लागि आज इटाली र इंग्ल्याण्ड भिड्दैछन् ।

बेलायतको राजधानि लण्डनस्थित ऐतिहासिक वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने १ बजे यो खेल हुनेछ ।

यही रंगशालमा इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फुटबल जितेको थियो ।

त्यसपछि कुनैपनि मुख्य प्रतियोगिताको फाईनलमा पुग्न नसकेको इंग्ल्याण्ड आज उपाधि खडेरी तोड्ने अभियानमा रहेको छ ।

तर इटाली विरुद्धको खेल त्यती सहज हुने छैन । चार पटकको विश्वकप विजेता इटालीले युरोकप भने एक पटक मात्रै जितेको छ ।

सन् २००० र २०१२ को फाईनलमा क्रमशः फ्रान्स र स्पेनसँग हारेको इटाली यसपटक भने उपाधि लिएरै रोम फर्कने लक्ष्यमा छ ।

इटालीले क्वाटरफाईनलमा बेल्जीयमलाई हराएको थियो भने सेमिफाईनलमा स्पेनलाई पाखा लगाएको थियो ।

उता इंग्ल्याण्डले क्वाटरफाईनलमा युक्रेनलाई घर फर्काउँदा सेमीफाईनलमा डेनमार्कलाई हराएको थियो ।