२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


भक्तपुरमा उम्मेदवारलाई मतदाताको माग: ठूला आश्वासन चाहिंदैन, आधारभूत आवश्यक्ता पूरा गरिदेउ


0
Shares

-जयराम बास्तोला/ईमेज

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि विभिन्न दलका उम्मेद्वारहरुले आकर्षक नारा र आश्वासन दिँदै प्रचार प्रसार कार्यक्रममलाई तीव्रता बनाएका छन् ।

उम्मेद्वारले आफूलाई जिताउन आग्रह गरिरहँदा भक्तपुरका मतदाता भने ठूला ठूला आश्वासन बाँड्नुभन्दा जनताका आधारभूत समस्यालाई सम्बोधन गरिनुपर्ने अपेक्षा राखेका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ को (क) मा हुने प्रदेश सभा उपनिर्वाचनका लागि उम्मेद्वारहरु बिहानदेखि राति अबेरसम्म टोल टोलमा गई चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।

पार्टीका स्थानीय कार्यकर्तादेखि पार्टीका केन्द्रीय नेताहरु समेत प्रचारप्रचारमा संलग्न छन् । जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा उम्मेद्वारहरुबीच चलेको देखिन्छ । दिनहुँ जसो विभिन्न फरक फरक पार्टीका केन्द्रीय नेताहरु भक्तपुरमा चुनावी प्रचारप्रसारमा पुगिरहेका छन् ।

यस क्षेत्रका मतदाताहरु विभिन्न समयमा भएका निर्वाचनमा उम्मेद्वारले दिएका आश्वासन पूरा गर्न नसकेको भन्दै ठूला ठूला कुरा गर्नुभन्दा जनताका वास्तविक समस्यालाई बुझेर अगाडि बढ्नुपर्ने अपेक्षा राखेका छन् ।

पछिल्लो समय निर्वाचन भड्किलो र खर्चिलो बन्दै गएको बताउँदै चुनाव जति खर्चिलो भयो भष्ट्राचारको सम्भावना उत्ति नै बढ्ने पनि कतिपयको ठम्याइ छ ।  यो निर्वाचन क्षेत्रमा मुख्य गरी नेकपा, नेपाली काँग्रेस र नेमकिपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट देवीप्रसाद ढकाल (डीपी), नेपाली काँग्रेसबाट कृष्णलाल भडेँल, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजुको उम्मेद्वारी परेको छ ।

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एमालेका हरिशरण लामिछाने लामिछानेले १२ हजार ७ सय ७९ मत ल्याएर विजयी हुँदा काँग्रेसका जीवन खत्रीको ९ हजार ९ सय ७७ मत आएको थियो ।

निर्वाचन कार्यालयका अनुसार अहिले यस क्षेत्रमा करिब १४ सय मतदाता थपिएका छन् । लामिछानेको ब्रेन ट्युमरबाट उपचारका क्रममा निधन भएपछि यो क्षेत्र रिक्त हुँदै आएको थियो ।