
काठमाडौं । इलामको सूर्योदय नगरपालिका– कन्याममा पर्यटकहरुलाई लक्षित गरि नयाँ होटल ग्रीन कार्पेट संचालनमा आएको छ ।
पर्यटकीय नगरि सूर्योदयको कन्याम चालिसेटारमा स्थानिय युवा यज्ञराज गिरीले करिब ५० लाखको लगानीमा होटल संचालनमा ल्याएका हुन ।
होटलको इलाम जिल्ला प्रदेश सांसद सदस्य काजीमान कागतेले रिबन काटी उद्घाटन गरे ।
नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा संचालनमा आएको होटलले स्वदेशी साथै बिदेशी पर्यटकलाई सेवा सुविधा दिने संचालक गिरीले बताए ।
पाँच कोठा २० जनासम्मको बास क्षमता र ५० जनाको रेष्टुरेन्ट क्षमता रहेको छ ।
सूर्योदय नगर पर्यटन महोत्सब २०७६ समेतको पुर्बसन्ध्यामा संचालनमा आएको होटलले लज सहितको होटलको अभाब रहेको कन्याममा उत्साहजनक सेवासुबिधा दिनेमा आफू विश्वस्त रहेको प्रदेश सांसद कागतेले बताए ।
आफ्नै प्रयासमा पर्यटनको विकासमा सरकारको अनुदान तथा सहयोग बिनै पर्यटनमा स्थानिय युवाहरुको प्रयास रहेको बताए ।
कन्याममा रहेका देउराली डाँडा, गुफाडाँडा हरियाली चिया बगानहरु, (ग्रीन कार्पेट),घोडचढी, साँस्कृतिक पहिरन, चलचित्र, गीत छाँयाङकन आदिको लागि कन्याम चर्चित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्