२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


बर्दियामा पनि मनाइयो विश्व बाघ दिवस


0
Shares

बर्दिया, साउन १३ । ‘समृद्धिका लागि बाघ संरक्षण गरौं’ भन्ने नाराका साथ बर्दियामा पनि विश्व बाघ दिवस मनाइएको छ ।

पाटेबाघको संरक्षण गर्ने चेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमसहित बाघ दिवस मनाइएको हो ।

बासस्थान विनाश, प्रजातीको कमी र चोरी शिकारीका कारण बाघ लोप हुँदै गएपछि संरक्षणका लागि दिवस मनाउन सुरु गरिएको हो । सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने नेपाल सरकारको लक्ष्य छ ।

सन् २०१६ को बाघ अनुगमनको नतिजा अनुसार विश्वमा ३ हजार ८ सय ९० पाटे बाघ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत श्याम थापाले जानकारी दिए ।

उनका अनुसार सन् २०१३ को वाघ सर्भेक्षण रिपोर्ट अनुसार चितवनमा १२०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा गरी नेपालमा १९८ वटा पाटे बाघ रहेको तथ्यांक छ ।

बाघ दिवसका दिन बाघ अनुगमनको नतिजा सार्वजनिक गर्नुपर्ने भए पनि काम पुरा नभएकोले सार्वजनिक गर्न नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।