३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


राजस्व चुहावटको अभियोगमा मुद्दा


0
Shares

काठमाडौं, मंसिर ६ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कारबाहीलाई तीव्रता दिएको छ ।

विभागले शुक्रबार काठमाडौं महानगरपालिकाको देवी इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनीका प्रोपाइटर देवी भगतले भन्सार चोरी–पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा एक करोड २६ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।

कम्पनीले भारतबाट कपडा र कपडाजन्य मालवस्तु भन्सारबाट चोरी–पैठारी गरेकाले एक करोड २६ लाख बिगोको दोब्बर जरिवाना गरी तीन वर्षसम्म कैद सजाय माग–दाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।