पोखरा, मंसिर ६ । नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्दै शुक्रबार विशाल र्याली लिकालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा र्याली निकालिएको हो ।
पार्टी कार्यालय चिप्लेढुंगाबाट सुरु भएको र्याली पोखराबजार परिक्रमा गरी पृथ्वीचोकमा पुगेर समापन भएको थियो ।
र्यालीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, रामशरण महतलगायत सहभागी थिए ।
कास्की–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले यहाँ हुने उपनिर्वाचनलाई निकै महत्व दिएको छ । केन्द्रीय नेताहरुसमेत पोखरामै रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्