Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


एक पुस्तामै विद्धान तयार गर्न सकिँदैन : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्तामै विद्धान तयार गर्न नसकिने बताउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर गएकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै पनि विषय विज्ञता हासिल गर्न सकिने बताउनुभयो ।

मानवीय श्रेष्ठताको सबै भन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविश्कार गर्दे जानुपर्नेमा उहाँले जोड दिनुभयो । अनुकुल हावापानी र विविधि भौगोलिक अवस्था भएका कारण हिमाली , पहाडी र तराईको हावापानी अनुसारका वस्तु उपादन गर्न सकिने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वेदको रचना सबै भन्दा पहिले भएको भन्दै नेपालीले आफ्नौ गौरवपुर्ण इतिहासलाई संरक्षण सम्बद्र्धन गर्दै नया आविश्कारमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा पुराना ज्ञानहरु अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधी कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाउनुभयो ।

सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तीनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरुको तिखो आलोचना गर्ने गर्नुभएका प्रधानमन्त्री ओलीले आजको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधीहरुको वेलिविस्तारमा समय खर्चनुभयो । कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुराएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरिएको थियो ।