Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


१३ औं सागमा ४५ सय सहभागि


0
Shares

काठमाडौं । यही मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एशियाली खेलकुद सागमा करिव चार हजार पाँच सयको सहभागिता हुने भएको छ ।

यो तथ्यांक खेलाडी र अफिसियलको हो । जसमा सबै भन्दा धेरै नेपालबाट ११ सय ३५ जनाको सहभागिता रहनेछ ।

सागका लागि खेलाडी र अफिसियलको दर्ताको समय समाप्त भइसकेपनि अझै केहि देशले दर्ताको काम जारी राखेका छन् ।

सागमा आयोजक नेपालले सबै २६ खेलमा भाग लिनेछ । यस्तै श्रीलंकाले २६ तथा बंगलादेशले २५ खेलमा सहभागिता जनाउने भएको छ ।

भारत र पाकिस्ताने २१ खेलमा भाग लिँदैछन् भने भुटानले १४ तथा माल्दिभ्सले ११ खेलमा सहभागिता जनाउने भएको छ ।

यस पटकको सागमा नेपालपछि श्रीलंकाको टिम ठूलो हुने भएको छ । श्रीलंकाबाट नौ सय ६ जनाको टिम आउने भएको छ ।

यस्तै बंगलादेशबाट खेलाडी र अफिसियल गरेर ८ सय ८७ जना, भारतबाट ६ सय ७७, माल्दिभ्सबाट ४ सय २३, भुटानबाट १ सय ४२ र पाकिस्ताबाट ३ सय ९० जनाको टिम नेपाल आउने भएको छ ।

१३ औं साग यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपूरमा हुँदैछ ।