
सिन्धुली । यस वर्ष जुनारको राम्रो उत्पादन भएको छ ।
विगतमा रोग र किराको संक्रमणले निराश भएका किसान यस वर्ष भने राम्रो उत्पादन हुँदा उत्साहित भएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनले जुनार फलमा देखिएको रोगकिरा नियन्त्रण गरेपछि जुनारबाट किसानहरुले पर्याप्त आम्दानी गर्न थालेका छन् ।
जुनार उत्पादनका लागि उपयुक्त हावापानी मानिएको सिन्धुलीका महाभारत क्षेत्रमा खेती बिस्तार र बजारीकरणका लागि जुनार सुपरजोन कार्यक्रमले किसान लक्षित कार्यक्रमहरु सञ्चालन गरेपछि जुनारको उत्पादन दिनदिनै बढेको हो ।
सरकारले जुनार सुपरजोन कार्यक्रम सञ्चालन गरेपछि विगतका वर्षहरुमा देखापरेको सिट्रस जातको रोगकिरा नियन्त्रण भएको हो ।
जुनार बिक्रीबाट किसानलाई करिव २५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्