काठमाडौं, मंसिर ६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ओलम्पिक टर्च र्याली शुक्रबारदेखि सुरु भएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा शुक्रबारदेखि ओलम्पिक टर्च र्याली सुरु भएको हो ।
यो टर्चलाई सातै प्रदेशका राजधानी तथा मुख्य सहरमा परिक्रमा गराइनेछ ।
शुक्रबार बिहान स्वयम्भूनाथ चैत्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्ज्वलन गरेसँगै ओलम्पिक टर्चको परिक्रमा सुरु भएको हो ।
९ दिनसम्म चल्ने परिक्रमा साग उद्घाटनको दिन यही मंसिर १५ गते काठमाडौं आइपुग्नेछ ।
ओलम्पिक टर्च परिक्रमाकाक्रममा विराटनगर, जनकपुर, हेटौंडा, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र पोखरा पुर्याइनेछ ।
पोखराबाट मंसिर १५ गते सागको उद्घाटन समारोहस्थल दशरथ रंगशालामा ल्याइनेछ ।
ओलम्पिक टर्च र्यालीमा वैकुण्ठ मानन्धर, जितबहादुर केसी, दीपक विष्ट, राजेन्द्र भण्डारी, नयना शाक्य, दीपक श्रेष्ठलगायतका १३ जना कीर्तिमानी खेलाडी तथा ओलम्पियन सहभागी छन् ।





प्रतिक्रिया दिनुहोस्