१ सय ७८ किलो गाँजासहित दुई जना पक्राउ, एक व्यक्ति फरार « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


१ सय ७८ किलो गाँजासहित दुई जना पक्राउ, एक व्यक्ति फरार


0
Shares

हेटौंडा । मकवानपुर प्रहरीले छुट्टा–छुट्टै स्थानबाट एक सय ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । एकजना भने फरार भएका छन् ।

प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेबाट सवारी चालक चितवन राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साहलाई पक्राउ गरेको हो ।

चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च १५०५ नम्बरको पिकअप जिपमा जाँच गर्दा ५७ किलो ९ सय ग्राम गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

त्यस्तै, हेटौंडा–५ स्थित रिलान्स बोर्डिङ स्कूल अगाडि रहेको प्रदेश ३–०१–२२ च ७२३७ नम्बरको पिकअप जिपबाट १ सय २० किलो ९ सय ग्राम गाँजा बरामद भएको छ ।

पिकअप जिपका चालक भने फरार भएका छन् । मकवानपुर प्रहरीद्धारा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।