Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


डा शेखरले भने, ‘वाइडबडीमा भएको भ्रष्टाचारको हिसाब खोज्ने समय आयो’


0
Shares

कास्की । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कास्कीका जनताले वाईडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको हिसाब किताब खोज्ने समय आएको बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्दोष भनेर भनेका अभिव्यक्तिप्रति लक्षित गर्दै काँग्रेस नेता कोइरालाले भने, “प्रधानमन्त्रीजी रविन्द्र निर्दोष हो भने दोषी को हो त्यो पनी बताईदिन पर्‍यो  ।”

निर्वाचन प्रचारका लागी कास्कीको दुर्गम गाउॅ र्‍याले पुगेका डा कोइरालाले वाईडबडी प्रकरणका दोषीलाई कुनैपनी हालतमा माफी दिन नसकिने पनि बताए।

कोइरालाले वाइडबडी काण्डले कास्की क्षेत्र नं-२ का आम जनताको शिर झुकेको बताउँदै काँग्रेसले जसरी पनी यसका दोषीलाई कानुनी कठघरामा ल्याएरै छोड्ने बताए।