काठमाडौं, मंसिर ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले मन्त्रिमन्डल पुनर्गठनमा राष्ट्रपति विद्यादेवी भण्डारी संलग्न बनेको भन्दै कडा टिप्पणी गरेका छन् ।
बिहीबार ट्वीटमार्फत् रावलले ‘संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिले पार्टी पक्ष–विपक्षको राजनीति गर्ने र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?’ भन्ने प्रश्न गरेका छन् ।
‘नेकपालाई बलियो र विजयी बनाउन रगत–पसिना बगाउने र देशका लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिस्ट पार्टीको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानुन, न्याय र संसदीय मामिलाजस्ता मन्त्रालय सुम्पिनुपर्ने के बाध्यता आइलाग्यो ?’ भन्ने प्रश्न पनि रावलले गरेका छन् ।
‘विगतमा कम्युनिस्ट पार्टीविरूद्ध क्रियाशील, धनबल र पुँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो ? संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त ?’–उनको थप प्रश्न छ ।
नवनियुक्त मन्त्रीहरूलाई हार्दिक बधाई !
मन्त्री हेरफेर गर्न सकिने कार्य भएपनि यस सन्दर्भमा निम्नलिखित कुरा नेकपाका सच्चा र इमानदार नेता र कार्यकर्ताका लागि सोचनीय र गम्भीर छन्ः
१.संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष)राजनीति र मन्त्रीहरूको चयनमा— Bhim Rawal (@BhimRawal179) November 21, 2019
जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?
३. विगतमा क.पा. विरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको अौचित्य के हो?
४. संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त?— Bhim Rawal (@BhimRawal179) November 21, 2019









प्रतिक्रिया दिनुहोस्