३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


‘सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरिन्छ’


0
Shares

काठमाडौं, मंसिर ५ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बिहीबार अपराह्न मन्त्रालय पुगेर पदबहाली गरेका छन् ।

बिहीबार बिहान पद तथा गोपनीयताको शपथ लिएर अपराह्नमात्र मन्त्रालय पुगेका उनलाई सचिव विनोद केसीलगायत कर्मचारीले स्वागत गरेका थिए ।

पदबहालीलगत्तै मन्त्री यादवले एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानुन मन्त्रालयको राय लिनेसम्बन्धी निर्णय सदर गरे ।

सोक्रममा सन्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफूकेन्द्रित हुने बताए ।

अदक्ष कामदार वैदेशिक रोजगारीमा जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको आफूले नजिकबाट नियालेको उल्लेख गर्दै उनले सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरिने बताए । रासस