Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पूर्वमन्त्री बस्नेतको पहलमा बाह्रबिसे स्वास्थ्य केन्द्रलाई ब्लड स्टोरेज रेफ्रिजेनेरेटर सहयोग


0
Shares

सिन्धुपाल्चोक । नेपाली कांग्रेस पहिरो विपत व्यवस्थापन केन्द्रीय समन्वय समितिले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई ब्लड स्टोरेज रेफ्रिजेनेरेटर दिएको छ ।

समन्य समितिका संयोजक तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले मंगलबार स्वास्थ्य केन्द्रलाई ४ सय लिटर क्षमताको ब्लड स्टोरेज रेफ्रिजेनेरेटर हस्तान्तण गर्नुभएको हो ।

बस्नेतको पहलमा जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत ब्लड स्टोरेज रेफ्रिजेनेरेटर उपलब्ध गराउने योजना छ ।

विभिन्न दुर्घटनाका बिरामी, सुत्केरी, अन्य रोगीका लागि जिल्लामा रगतको अभाव देखिँदै आएकाले ब्लड स्टोरेज रेफ्रिजेनेरेटर कांग्रेसले उपलब्ध गराएको बस्नेतले बताउनुभयो ।

‘मेलम्ची, चौतारा र जलविरे अस्पतालमा ब्लड स्टोरेज मेसिन छिट्टै नै उपलब्ध गराउने पूर्वमन्त्रीको योजना छ’, स्थानीय कांग्रेस नेता युधिर पौडेल भन्नुभयो, ‘त्यसका लागि सहयोग रकमहरु जुट्दै छ ।’

कोरोना महामारी र बाढीपहिरोको विपतिमा बस्नेतले आफूलाई अग्रपंक्तिमा राखेर अत्यावश्यकीय सामग्रीहरु प्रदान गर्नुभएको थियो ।